Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सौरभ यादव राजविराज
२०७८ माघ १३ बिहीबार १६:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हनुमाननगर कंकालिनी नगरपालिकाका आयोजनामा अख्तियारको छानबिन

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
२०७८ माघ १३ बिहीबार १६:४०:००

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सञ्चालित योजनाहरूमा अनियमितता भएको भन्दै व्यापक उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। सोही क्रममा बुधबार आयोगको प्राविधिकसहितको एक टोलीले योजनाहरूको स्थलगत अनुगमन गरेको छ भने निर्माण सम्पन्न भइसकेका केही सडक र नालाहरूको गुणस्तरीय परीक्षण गर्न ‘सेम्पल’समेत लगेका छन्।

‘धेरै उजुरी आएसँगै आयोगका प्राविधिकसहितको टोलीले स्थलगत अनुगमनका साथै हनुमाननगर कंकालिनी नगरपालिका– ६ मा निर्माण भएका सडक र नालाको सेम्पल कलेक्सन गरिएको छ,’ आयोगका सूचना अधिकारी देवप्रसाद अधिकारीले भने, ‘अन्य प्रक्रियाहरू अघि बढाइएको छ ।’ उता, नगरपालिकाका इन्जिनियर अशोककुमार सिंहले आयोगका टोलीले पिसिसी ढलान सडकको सेम्पल लगेको बताए। उनका अनुसार सो सडकको फाइलहरू अघि नै आयोगले लगिसकेका छन्।