१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको शंखरापुरमा कोइला बालेर सुत्दा दम्पतीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १३ बिहीबार १४:४६:००

काठमाडौंको शंखरापुर नगरपालिका– ३ बोजेनीमा एक दम्पती घरभित्र मृत अवस्थामा भेटिएका छन्। बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ सुतेकै अवस्थामा मृत भेटिएका हुन्। 

प्रहरीका अनुसार बुधबार बेलुकी राम्रै तरिकारले सुतेका दम्पती बिहीबार बिहान मृत अवस्थामा भेटिएका थिए। बिहीबार बिहान सात बजेसम्म पनि ढोका नखोलेपछि उनका जेठो छोरा सूर्यबहादुर थिङले बाहिरबाट ढोका फुटाएर हेर्दा दुवैजनाको मृत्यु भइसकेको थिए। त्यसपछि सूर्यबहादुरले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

उनका अनुसार अत्यधिक चिसो भएकाले चिसो भगाउन दम्पतीले सुत्ने कोठामा कोइला बालेर सुतेका थिए। ‘ढोका र झ्यालको प्वाल सबै थुनिएको रहेछ, न्यानो हुन्छ भनेर टिनको भाँडामा कोइला बालेर सुतेका रहेछन्,’ उनले भने, ‘निसास्सिएर दुवैजनाको मृत्यु भएको देखिन्छ।’ उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।