मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार ११:५८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १३ बिहीबार ११:५८:००

सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला नाै सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ। जसको मूल्य बुधबार प्रतितोला ९३ हजार नाै सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय १५ डलरआसपास कारोबार भइरहेको छ।