मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका प्योङयाङ
२०७८ माघ १३ बिहीबार ११:३६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाद्वारा जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, प्योङयाङ
२०७८ माघ १३ बिहीबार ११:३६:००

उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ। यो परीक्षण प्योङयाङले यस वर्षमा गरेको छैटौँ मिसाइल परीक्षण हो।

चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकाको प्रयासलाई रोकेका छन्। यो कदम उत्तर कोरियासम्बन्धी मुद्दाहरूमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बन्दसत्र बैठकअघि आएको हो। यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा दोस्रोपटक यस्तो बैठक हुन लागेको जनाइएको छ।

उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ, जसले कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको छ। यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो। रासस/एएनआई