१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका मेरिल्याण्ड
२०७८ माघ १३ बिहीबार ०८:२७:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

अमेरिकाको मेरिल्यान्ड राज्यमा दसैँ विधेयक औपचारिक रूपमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मेरिल्याण्ड
२०७८ माघ १३ बिहीबार ०८:२७:००

अमेरिकाको मेरिल्यान्ड राज्यको संसदमा दसैँ विधेयक पेस गरिएको छ। नेपाली मूलका डेलिगेट्स हरि भण्डारीले संसदमा बिहीबार औपचारिक रूपमा उक्त विधेयक पेस गरेका हुन्।

‘मेरिल्यान्ड संसद् अधिवेशनको आजको सत्रमा दसैँ विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरेको छु। नेपालमा उत्पत्ति भई धेरैजसो दक्षिण एसियाली देशहरू र उनीहरूको डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि संसदमा प्रस्तुत गर्दा एक नेपाली मूलको विधायक हुनुले गौरवको अनुभूति भएको छ,’ विधेयक पेस गरेपछि भण्डारीले भने।

विधेयकको प्रस्तावनामै  ‘बसुधैव कुटुम्बकम्’को भावनाबाट अभिप्रेरित यो चाड असत्यमाथि सत्यको जित हुँदा उत्सवका रूपमा मनाइन प्रारम्भ गरिएकाले यसको सर्वकालिक महत्व रहेको उल्लेख गरेको भण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। हरेक वर्ष अक्टोबर ५ लाई दसैँ दिवसका रूपमा मान्यता दिइयोस् भनेर प्रस्तुत गरिएको यो विधेयक अब कानुन बन्ने विधायिकी प्रक्रियामा प्रवेश गरेको छ ।

‘यो विधेयकलाई ऐन बनाउने तार्किक निष्कर्षमा पुर्‍याउन सहज छैन, तर असम्भव पनि छैन। सपना देखिएको छ र प्रयास भएको छ, प्रयत्न जारी रहनेछ। विविधता नै सुन्दरता मानिने यो देशमा कुनै दिन दसैँले अवश्य पनि मान्यता पाउने नै छ । यस अभियानको प्रारम्भकर्ता भएकाले यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन मेरो प्रयत्न सदैव रहनेछ,’ भण्डारीले भने।