मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १३ बिहीबार ०६:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी नगरपालिकाका कृषकलाई अनुदानमा चापाकटर

Read Time : < 1 मिनेट
२०७८ माघ १३ बिहीबार ०६:१३:००

धनकुटाको महालक्ष्मी नगरपालिका–१ दमारका पशुपालक कृषकहरूलाई अनुदानमा चापाकटर मेसिन वितरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले ३० प्रतिशत अनुदानमा दमार क्षेत्रका १९ जना कृषकलाई एक/एकवटा चापाकटर मेसिन वितरण गरेको हो । 

ढुवानीसहित ३७ हजार मूल्य पर्ने सो मेसिन खरिदमा समृद्धिले ११ हजार एक सय रुपैयाँ अनुदान उपलब्ध गराएको जनाएको छ । दमारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी, समृद्धिको दुग्ध आपूर्ति शृंखलाका सुपरीवेक्षक सुधिर सुवेदी, स्थानीय आरती दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जगतबहादुर थापालगायतले कृषकहरूलाई चापाकटर हस्तान्तरण गरेको नगरपालिकाले उल्लेख 
गरेको छ । 

उक्त अवसरमा नगरपालिकाका प्रमुख नेपालले चापाकटरले कृषकलाई पशुपालन व्यवसायमा सहजता थप्ने विश्वास व्यक्त गरेका थिए । पशुलाई प्रदान गरिने घाँस तथा पराल टुक्र्याउन चापाकटर उपयोगी मानिन्छ ।