मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ फाल्गुण २३ बिहीबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार

सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २३ बिहीबार १७:१४:००

राज्य विप्लपको मुद्दा लागेका सीके राउतलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई बिहीबार सर्वोच्चले तारेखमा रिहा गर्न आदेश दिएको हो । 

राउतलाई गैह्रकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीकोसंयुक्त इजलासले सो आदेश दिएको हो । 

राउतलाई छाड्न गरिएको आदेशमा किटानी जाहेरी परेपनि प्रतिवादीले अधिकारप्राप्त अधिकारी समक्ष इन्कारी गरेको र निजबाट अपराधसँग सम्वन्धित दशी प्रमाण फेला नपरेको आधार सर्वाेच्चले लिएको छ । जिल्ला र उच्च अदालतले थुनामा राख्न दिएको आदेश मिलेको नदेखिंदा बदर गरिएको सर्वाेच्चको आदेशमा उल्लेख छ ।