१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १२ बुधबार १६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचन संविधान र कानुनअनुसार : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १२ बुधबार १६:२४:००

सत्तासाझेदार नेकपा (एकीकृत समजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानुनअनुरूप हुनुपर्ने बताएका छन्। बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए। उनले सत्तारुढ दलहरूबीच एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकाले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको बताए। 

‘तपाईंहरू सुनिरहनुभएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने ? प्रदेश सभाको चुनाव कहिले गर्ने ? यसबारेमा व्यापक बहस भइरहेको छ। यो बहसको सन्दर्भमा हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानुनअनुरूप नै चुनाव सम्पन्न हुनुपर्छ भन्ने हो,’ नेपालले भने, ‘यसो गर्दा एकैपटकमा तीनवटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ। किनभने एउटा चुनाव गराउँदा झन्डै पाँचअर्ब रुपैयाँ खर्च हुन्छ। योभन्दा पहिला पाँच चरणमा चुनाव भएको थियो। त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो। यदि एकै चरणमा गर्ने हो भने पाँचदेखि १० अर्बमा चुनाव सकिन्छ। उम्मेदवारको पनि खर्च कम हुन्छ। त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ।’