१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ माघ १२ बुधबार १५:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिके राउतका कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार १५:५९:००

महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिशकुमार साहमाथि सिके राउतको जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन्। आक्रमणमा घाइते उनको मुखभित्र आठवटा टाँका लगाइएको छ।एक कार्यक्रममा बर्दिबास जाँदै  गरेका डा. साहमाथि जनकपुरको पिडारी चोकमा आक्रमण भएको हो। 

प्रदेश २–०२–००१ झ ०१६३ को सरकारी नम्बर प्लेटको गाडीमा सवार उनीमाथि एक्कासि जनमतको भिडले आक्रमण गरेको थियो। हाल उनी खतरामुक्त रहेको र उपचार भइरहेको जलेश्वर अस्पतालका चिकित्सकहरूले बताएका छन्। जनमत पार्टीका कार्यकर्ताहरूले डा. साहको गाडीसमेत तोडफोड गरेका छन् भने उनको सवारीचालकको खुट्टामा समेत चोट लागेको छ।