संघीय संसदको प्रतिनिधिसभाले पूर्व सांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको दोस्रो बैठकले सांसद पण्डितको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । तत्कालीन नेकपा एमालेको तर्फबाट २०४८ सालको निर्वाचनमा नुवाकोटबाट निर्वाचित भएका पूर्व सांसद पण्डितको ७२ वर्षको उमेरमा गत मंगलबार हृदयघातका कारण निधन भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नेतासमेत रहेका पूर्व सांसद पण्डितको निधनमा सांसदहरुले मौन धारण गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार फागुन २६ गते मध्यान्ह १२ बजेका लागि बोलाइएको छ ।