१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १२ बुधबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हल्का वर्षाको सम्भावना    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १२ बुधबार १२:१४:००

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।        
आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको अधिकतम तापक्रम ६ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ। रासस