१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १२ बुधबार १२:०९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १२ बुधबार १२:०९:००

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु. ९४ हजार चार सय पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार नाै सय कायम भएको छ। त्यसको मूल्य मंगलबार प्रतितोला रु. ९३ हजार पाँच सय तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार तीन सय कायम भएको महासंघले जनाएको छ।     
     
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ४७ डलर आसपास कारोबार भइरहेको छ।