१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १२ बुधबार ११:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख नाै हजार पाँचजनाले बढी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १२ बुधबार ११:४८:००

राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार महिलाको  जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ जना र पुरुष जनसंख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ जना पुगेको छ। यसअनुसार पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार सात सय ६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार दुई सय ७० जना थप भएको छ। यसअघि ०६८ सालमा महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो। महिलाको जनसंख्यामा ९ दशमलव २० प्रतिशत र पुरुषको जनसंख्यामा ११ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ। तर, अझै पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख नाै हजार पाँचजनाले बढी छ।
प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८०  पुगेको छ।