मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १२ बुधबार १०:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माथिबाट झरेको ढुंगाले लाग्दा पूर्वमाओवादी कमान्डरको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार १०:३६:००

मोटरसाइकल चलाइरहेको अवस्थामा माथिबाट झरेको ढुंगाले लाग्दा दाङमा एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी  निरीक्षक झलक शर्माका अनुसार मंगलबार राति ७ बजेतिर कपुरकोटबाट तुलसीपुर आउँदै गर्दा तुलसीपुर– ३ ढक्रेनीमा  माथिबाट झरेको ढुंगाले लाग्दा  घोराही– १४ निवासी ३५ वर्षीय नरबहादुर घर्ती ‘सुदीप’ को मृत्यु भएको हो । 

दुईवटा मोटरसाइकलमा चारजना कपुरबोट जान लागेका थिए । तर, नियमित पानी परिरहेकाले उनीहरू बीचबाटोबाटै फर्किए । घर्तीले मोटरसाइकल चलाइरहेका थिए । बाटो राम्रो नभएकाले उनको पछाडि सवार अर्का व्यक्ति मोटरसाइकलबाट ओर्लिएका  थिए ।  सोही समयमा खसेको ढुंगाले मोटरसाइकलमा सवार घर्तीलाई लागेको थियो । उनको टाउकोमा चोट लागेको थियो । घर्ती पूर्वमाओवादी कमान्डर हुन् । हाल उनी विप्लवनिकट नेकपामा आबद्ध थिए ।