१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ माघ १२ बुधबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भि २३ई स्मार्ट फोन नेपालमा, ४८ घन्टामा सयभन्दा बढी प्रि–बुक

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार ०६:२०:००

 भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भि२३ई सार्वजनिक गरेको छ । उक्त स्मार्ट फोन प्रि–बुकिङका लागि उपलब्ध गराइएको ४८ घन्टाभित्र एक सयभन्दा बढी प्रि–बुक गरिएको कम्पनीले जनाएको छ । भिभो भि२३ई एआई एक्स्ट्रिम नाइट पोट्रेट तथा मल्टिस्टाइल पोट्रेटसहितको ५० मेगापिक्सेल अटोफोकस सेल्फी फ्रन्ट क्यामरा फिचर भएको स्टेलर इनोभेसनसहित आएको छ ।  

रातको समयमा फोटो तथा भिडियो खिच्न सौखिनहरूका लागि यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको नाइट क्यामरा दिइएको छ । भि२३ई एक्स्टेन्डेड  र्‍याम २.० प्रविधिसहित आएको छ । जसका कारण आठ जिबी  र्‍यामबाहेक आवश्यकता परेका वेला आन्तरिक स्टोरेजको चार जिबीलाई पनि  र्‍यामका रूपमा प्रयोग गर्न सकिन्छ । ७.३६ मिलिमिटर मोटाइ रहेको भि२३ई एकदम पातलो र हलुका रहेको छ । यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ ।

डिभाइसमा ४४ वाटको फ्ल्यासचार्ज फिचर समावेश गरिएको छ । मुनलाइट स्याडो तथा सनसाइन कोस्ट गरी दुई रङ संयोजनमा उपलब्ध भि२३ई नेपालमा गत जनवरी १८ मा सार्वजनिक भएको थियो । यसको मूल्य ४४,९९९ (८ जिबी  र्‍याम/१२८ जिबी स्टोरेज) तथा मूल्य ४९,९९९ (८ जिबी  र्‍याम/२५६ जिबी स्टोरेज)मा रहेको कम्पनीले जनाएको छ ।