मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार १७:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप १२ हजार ८ जनामा कोरोना संक्रमण, आठ संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार १७:२१:००

पछिल्लो २४ घण्टामा थप १२ हजार आठजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २५ हजार ९०९ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १८ हजार १०३ र एन्टिजेन विधिबाट सात हजार ८०६ जनाको परीक्षण गर्दा क्रमशः नौ हजार ४३२ र दुई हजार ५७६ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा आठ संक्रमितको मृत्यु भएको छ भने तीन हजार ४० संक्रमित निको भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या  ८८ हजार ९३४ पुगेको छ। मंगलबार देशभर दुई लाख ३९ हजार ८५१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।