मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति लाइफले प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यासब्याक दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार ०६:२५:००

अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा प्रिमियम ‘खल्ती’बाट तिर्दा प्रयोगकर्ताहरूले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ । कम्पनीले पाँच हजार रुपैयाँसम्मको खल्ती प्वाइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर १०० प्रयोग गरी एक सय रुपैयाँ क्यासब्याक पाउने योजना ल्याएको हो ।  

कोरोना भाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको निष्कर्षसहित कम्पनीले नयाँ योजना ल्याएको जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटलाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको बताए । धेरै बिमा ग्राहकले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने गरेको उनको भनाइ छ । उनले भने, ‘डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो ।’