मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ माघ १० सोमबार ११:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा होटेल सञ्चालकहरू पक्राउ

Read Time : < 1 मिनेट
२०७८ माघ १० सोमबार ११:५४:००

काभ्रेपलाञ्चोकको बनेपा बजारमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा तीनवटा होटेलका सञ्चालकहरू पक्राउ परेका छन्। आइतबार बनेपा नगरपालिकाका विभिन्न होटेलहरूमा प्रहरीले अनुगमन गर्दा तीनवटा होटेलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको पाइएपछि प्रहरीले होटेल सञ्चालकहरूलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार बनेपा नगरपालिका– १० पुलबजारस्थित अरनिको होटेल एन्ड गेस्टहाउसका सञ्चालक ४९ वर्षीय गोकुल पराजुली, बनेपा– ७ गोदामचोकस्थित नाम नराखिएको चिया नास्ता खाजा घरकी सञ्चालक ४१ वर्षीय चञ्चला महत र बनेपा– ८ बसपार्कपछाडि सञ्चालित नाम नराखिएको क्याफे सञ्चालक ४२ वर्षीया मनमाया तामाङलाई नियन्त्रणमा लिएको हो।

नगरवासीले सामाजिक विकृति फैलाउने तथा सामाजिक मर्यादामा खलल पार्ने खालका अनैतिक गतिविधिहरू भइरहेको भनी पटकपटक गुनासो गरेपछि अनैतिक कार्य सञ्चालन गर्ने होटेल सञ्चालकहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।