मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ८ शनिबार १७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै तहको निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ८ शनिबार १७:२६:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै तहको निर्वाचन संविधानले तोकेकै समयमा हुनुपर्ने बताएका छन्। चाक्सीबारीस्थित निवासमा शनिबार डा. मिता सिंहको पुस्तक 'द स्ट्रगल अफ गणेशमान सिंह'को लोकार्पणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले स्थानीय तहदेखि संघीय संसद्सम्मका निर्वाचनहरू समयमै हुनुपर्ने बताएका हुन्।

उनले संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै स्थानीय तहको निर्वाचन संविधानबमोजिम नै हुनपर्ने बताए। संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँचदलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनुभएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरूमध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’

उनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेकपाको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम नगरी संविधानविपरीत गएर बाटो बिराइरहेको वेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको स्मरण गराए।