मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ८ शनिबार १३:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइतबार सर्वोच्चसहित देशभरका अदालतमा शाेक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ८ शनिबार १३:५६:००

आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएको छ । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउनका लागि आइतबार सर्वोच्च, उच्च अदालत, विशेष अदालत र नेपालभरका अदालत न्यायाधीकरणहरूमा शोक बिदाका रूपमा आइतबारका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च प्रशासनका सहप्रवक्ता देवेन्द्र ढकालले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । 

‘पूर्वप्रधानन्यायधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन यही मिति २०७८ माघ ०९ गते आइतबार एक दिन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र न्यायाधीकरणहरू शोक बिदाका रूपमा बन्द रहने भनी सर्वोच्च अदालतको मिति २०७८।१०।०८ मा बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको व्यहाेरासमेत जानकारी गराइन्छ’, सहप्रवक्ता देवेन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

पूर्वप्रधानन्यायाधीश शर्मा ०५४ चैत्र ३० देखि ०५६ मंसिर ३० सम्म नेपालका प्रधानन्यायाधीश रहेका थिए ।  वि.सं. १९९१ मा जन्मिएका शर्माको ८६ वर्षको उमेरमा गत माघ ५ मा निधन भएको थियो । 

हेर्नुहोस् विज्ञप्ति :