Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ८ शनिबार १०:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले  पदमुक्त गर्नुपर्छ : विश्वप्रकाश शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ८ शनिबार १०:५०:००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। कोरोना संक्रमण देखिएपछि आइसाेलेसनमा बसेका शर्माले महामन्त्री शर्माले  पदीय मर्यादाविपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन्।

शर्माले तीनबुँदे  सुझाव प्रस्तुत गर्दै  मन्त्री यादवलाई  क्षमायाचना गर्न,राजीनामा दिन,पार्टीले फिर्ता बोलाउन वा प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका हुन्। ‘स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमायाचना वा सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा वा पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ।’शर्माले भनेका छन्, ‘हिंसा भड्काउको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न, विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न।’

मन्त्री यादवले रौतहटमा एक सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ।मन्त्री यादवले माघ ५ गते गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।