मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव राजविराज
२०७८ माघ ७ शुक्रबार २१:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
२०७८ माघ ७ शुक्रबार २१:००:००

सप्तरी प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरूमा सप्तरीको तिरहुत गाउँपालिका– ५ का २७ वर्षीय राजकुमार मेहता, सोही वडाका १९ वर्षीय सिन्दु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका– ६ का २५ वर्षीय बैजु साह छन् । 

 भारतबाट अवैध रूपमा ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसी एक सय एमएल एक सय ९० बोतल, डाइजेपाम दुई एमएलको सुई, फेनारगन दुई एमएलको सुई र लेजेसिक दुई एमएलको सुई ९५/९५ का दरले बरामद गरेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् । सो क्रममा प्रहरी उपरीक्षक काफ्लेले जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ बरहीस्थित पूर्व–पश्चिम काेसी कनाल पम्प नहरको बाटोमा चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको जानकारी दिए । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को.२३ प. २७७३ नम्बरको मोटरसाइकलमा चढेका उनीहरूबारे शंका लागि चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । पक्राउ परेका सबैलाई शुक्रबार नै सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थपी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।