मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२०७८ माघ ७ शुक्रबार १५:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीमा संक्रमण देखिएपछि काभ्रे प्रशासनले रोक्यो अत्यावश्यकबाहेकका सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
२०७८ माघ ७ शुक्रबार १५:५३:००

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नागरिकता वितरणलगाायतका सेवा स्थगित गरेको छ। कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले सूचना जारी गरी सेवा प्रवाह स्थगित गरेको जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जारी गरेको सूचनामा संक्रमणलाई मध्यनजर गर्दै माघ ९ देखि १४ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्यहरू, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वितरणलगायतका काम स्थगित गरिएको उल्लेख छ।