Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ६ बिहीबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मदनी मस्जिदको जग्गा सरकारको नाममा ल्याउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ६ बिहीबार १८:४८:००

काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरूले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन् । 

बिहीबार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भ्रातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन्। सो सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भए पनि पछिल्लो समय भूमाफियाहरूले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन् ।

मन्त्री श्रेष्ठलाई सो जग्गा मस्जिद कायम रहने गरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उनले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिनुभएको मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बताए। मुस्लिम समुदायका अगुवाहरूले सो जग्गा छिट्टै सरकारको नाममा आउनेमा विश्वास व्यक्त गरेका छन्।