१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ माघ ६ बिहीबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा ४८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७८ माघ ६ बिहीबार १७:५३:००

सुनसरीमा विभिन्न पालिकाका ४८ जना स्वास्थ्यकर्मी कोभिड– १९ बाट संक्रमित भएका छन्। स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि अस्पतालहरूको सेवामा स्वास्थ्यकर्मी अभाव हुन थालेको छ । 

जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईंका अनुसार इटहरी उपमहानगरपालिकामा १४, बराहक्षेत्र नगरपालिकामा १०, इनरुवा नगरपालिकामा ३, धरान उपमहानगरपालिकामा १७, हरिनगरा गाउँपालिकामा २, कोसी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। 
बराहक्षेत्र नगरको चतरा र मधुवन प्राथमिक स्वास्थ्य केन्द्र र प्रकाशपुर स्वास्थ्य चौकीका १० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि स्वास्थ्य उपचारमा प्रभाव परेको स्थानीयले बताएका छन् । 

बुधबार र बिहीबार गरिएको  परीक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ल्याबमा कार्यरत ३ जना र पारामेडिक्सका चिकित्सक २ जना, प्रकाशपुर स्वास्थ्य चौकीका २ महिला र २ पुरुष कर्मचारी तथा मधुवन प्राथमिक स्वास्थ्य केन्द्रका एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य सहायक जितेशजंग थापाले जानकारी दिए । उनीहरूसँग नजिक भएर काम गरेका स्वास्थ्यकर्मीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वास्थ्य केन्द्रहरू स्वास्थ्यकर्मीविहीन हुन थालेको स्थानीयले बताए । अन्यको पनि बिहीबार स्वाब लिइएको थापाले बताए ।   

धरान उपमहानगरपालिकाका विभिन्न स्वास्थ केन्द्रका १७ जना स्वास्थ्यकर्मी संक्रमित छन् । वडा नं १४ र २० को स्वास्थ्य केन्द्र बन्द नै गर्नुपरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । पछिल्लो समय स्वास्थ्यकर्मीहरूमा संक्रमण दर तीव्र रूपमा बढेको उनले बताए ।