मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ६ बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकका अध्यक्षको शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ६ बिहीबार ०६:१९:००

नबिल बैंक लिमिटेडको सञ्चालक समितिले सर्वसम्मत रूपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

नेपाल राष्ट्र बैंक बालुवाटारमा भएको कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलगायतको उपस्थितिमा पौडेलले शपथ लिएको बैंकले जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएको जनाइएको छ । बैंकले देशभरमा एक सय ३५ शाखा, एक सय ८९ एटिएम, एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।