१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सागर रिजाल
२०७५ पौष ६ शुक्रबार ११:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

प्यूठानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु  

Read Time : < 1 मिनेट
सागर रिजाल
२०७५ पौष ६ शुक्रबार ११:०५:००

प्यूठानमा मोटरसाईकलको ठक्करवाट पैदलयात्रीको मृत्यु भएके छ । प्यूठानवाट दाङ जादैं गरेको लु ४ प ९०५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा माण्डवी गाउँपालिका १ सिमलचौर निवासी अन्दाजी वर्ष ४५ का बोमबहादुर थापाको मृत्यु भएको हो।

बिहीबार साँझ ठक्करबाट घाइते भएको थापाको  जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।  

झिमरुक गाउँपालिका तोरवाङ निवासी मोटरसाइकल चालक सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाटो काट्दै गर्दा मोटरसाइकल अनियन्त्रित थापालाई ठक्कर दिएको थियो ।