Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सौरव यादव सप्तरी
२०७८ माघ ५ बुधबार १९:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेसी जनताले पहिचानसहितको प्रदेश पाए :  मुख्यमन्त्री राउत

Read Time : < 1 मिनेट
सौरव यादव सप्तरी
२०७८ माघ ५ बुधबार १९:०४:००

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेसका जनताले आफ्नो पहिचानसहितको प्रदेश पाएको बताएका छन्। सप्तरीको राजविराजमा बुधबार आयोजना गरिएको  मधेस आन्दोलनका सहिद परिवार एवं घाइतेको सम्मान कार्यक्रम’मा बोल्दै उनले आन्दोलनमा सहिदहरूले दिएको बलिदानीले नै संघीयता र पहिचानसहितको ‘मधेश प्रदेश’ पाएको बताए। 

आन्दोलनले नै आएको संघीयताले पछाडि पारिएका समुदाय अधिकार प्राप्तितर्फ उन्मुख रहेको भन्दै मन्त्री राउतले सहिदहरूले देखेका सपनाहरू पनि चरणबद्ध रूपमा पूरा हुँदै गएको बताए। मुख्यमन्त्री राउतले यहाँका जनताले पहिचानसहितको प्रदेश पाइसकेकाले जनताको हकअधिकार सुनिश्चितताका लागि अबको दिनमा संविधान संशोधन गराउने काममा  आफूहरू लागेको बताए।

मुख्यमन्त्री राउतले मधेस आन्दोलनमा बलिदानी दिएका ५९ सहिद परिवारलाई ३–३ लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरेका छन् भने ८६ जना आन्दोलनका घाइतेहरूलाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म सहयोग गरिएको छ।