मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ५ बुधबार ०७:५९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

४२ तोला अवैध सुनसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ माघ ५ बुधबार ०७:५९:००

साढे ४२ तोला अवैध सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अवैध रूपमा सुनको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–७ बस्ने अम्मर विश्वकर्मा र म्याग्दीको अन्नपूर्ण गाँउपालिका–२ का अंकित सुनार छन् ।

प्रहरीले विश्वकर्मालाई पोखरा महानगरपालिका–३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्गको सडक खण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको अवस्थामा सुनको सिक्री तीन थानसहित पक्राउ गरेको थियो ।

यस्तै, काठमाडाैंबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस चेकजाँच गर्नेक्रममा सुनारको साथबाट सुनका गरगहना (सिक्री पाँच थान, औँठी एक थान र रिङ एकजोर) बरामद भएको प्रहरीले जनाएको छ ।

तिवारीका अनुसार पक्राउ परेका दुईजनाबाट बरामद गरिएको सुनको तौल ४९३.९१ ग्राम रहेको र यसको बजारमूल्य ३८ लाख ९७ हजारबराबर छ । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको तिवारीले जानकारी दिए ।