१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ ४ मंगलबार १७:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेश : कतै मुख्यमन्त्रीको पुत्ला दहन, कतै कालो झन्डा प्रदर्शन 

Read Time : < 1 मिनेट
२०७८ माघ ४ मंगलबार १७:४०:००

मधेसको राजधानी जनकपुर तोकिएपछि मुख्यमन्त्री लालबाबु राउतको पोखरियामा पुत्ला दहन भएको छ । सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोकेपछि पोखरिया बजारमा मंगलबार राउतको पुत्ला दहन भएको हो। नेकपा एमाले पोखरिया नगर कमिटीको अगुवाइमा निस्केको कालो झन्डासहितको प्रदर्शनमा मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,  ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद,’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले मधेस आन्दोलनका वेला नेताहरूले वीरगन्जसँग गरेको वाचा बिर्सेको आरोप लगाएका छन् । मुख्यमन्त्री राउतको गृहजिल्ला पर्सामा विगतमा मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने आश्वासन दिएको उनको भनाइ छ। 

यस्तै, राजधानी जनकपुर पारित भएपछि नेपाली कांग्रेस वीरगन्जले कालो झन्डासहितको जुलुस निकालेको छ । आदर्शनगर,माइस्थान,घण्टाघर, हुँदै नगरको परिक्रम गरेर वीरगन्ज ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि पुगेर प्रदर्शन गरेको थियो । 

वीरगन्ज महानगरपालिका– ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार भएको छ। कालो झन्डा प्रदर्शनमा सहभागीहरूले ढुंगा प्रहारबाट मुख्यमन्त्री राउतको घरको सिसा फुटाएका छन् । 

अहिले मुख्यमन्त्री राउतको घरअगाडि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। कुल एक सय चार सांसद रहेको प्रदेश सभामा सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो ।