मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार १७:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दश हजारभन्दा बढी संक्रमित थपिँदा निको हुनेको संख्या ५६२

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार १७:०४:००

पछिल्लो २४ घण्टामा थप दश हजार २५८ जना कोरोना संक्रमित थपिएका छन्। २२ हजार ८२८ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १७ हजार ८७२ जनामा परीक्षण गर्दा आठ हजार ७३० जना तथा एन्टिजेन विधिबाट चार हजार ९५६ जनामा परीक्षण गर्दा एक हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा एक संक्रमितको मृत्यु भएको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। यसैगरी, ५६२ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आज नेपालमा दुई लाख १३ हजार १४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।