मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव राजविराज
२०७८ माघ ४ मंगलबार १६:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु 

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
२०७८ माघ ४ मंगलबार १६:२२:००

सप्तरीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रुपनी गाउँपालिका– १ की ७५ वर्षीया महिलाको  मृत्यु भएको हो । बिरामी भएपछि  गत शनिबार गजेन्द्रनारायण सिंह अस्पतालमा  भर्ना गरिएको थियो ।

सोही क्रममा गत आइतबार गरिएको पिसिआर परीक्षणबाट उनमा संक्रमण पुष्टि भएको थियो । गएराति उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

त्यस्तै, आज मात्रै न्यायाधीश र प्रहरीसहित जिल्लाका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा हिजो (सोमबार) ७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । परीक्षणको आज आएको रिपाेर्टअनुसार न्यायाधीश र प्रहरीसहित ६५ जनाको रिपोर्ट पजिटिभ आएको उनले बताए । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या एक सय पाँच  पुगेको छ ।