कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको छ। मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले बुधबारबाट बन्दी प्रत्यक्षीकरण, कोभिडसँग सम्बन्धित मुद्दा र अत्यावश्यक मुद्दाको मात्र दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको हो।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार फुलकाेर्टले माघ १८ सम्म सर्वोच्चको सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको हो। यससँगै बुधबारबाट सर्वोच्चमा ६ प्रकारका सेवा मात्र उपलब्ध हुनेछन्।