मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार १४:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निगम भन्छ– इन्धन किन्न ऋण खोज्नुपर्ने अवस्थामा पुग्यौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार १४:२८:००

अर्बौँ घाटा व्यहोर्नुपरेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न ऋण खोप्नुपर्ने अवस्था आएको बताएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब २६ करोड घाटा व्यहोर्नुपरेको निगमको भनाइ छ। निगमले एक विज्ञप्ति जारी गर्दै निगमसँग भएको सञ्चित मौज्दात सकिएको र अर्बौँ घाटा व्यहोर्नुपरेको जनाएको हो।

निगमले अब तेल किन्न ऋणसमेत लिनुपर्ने अवस्था आएको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेकाले सोहीअनुसार नेपालमा मूल्य समायोजन भइरहेको निगमले बताउँदै आएको छ। अब माघ महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने स्थितिमा निगम पुगेको विज्ञप्तिमा जनाइएको छ।

‘निगमले हालसम्मको नोक्सानीको व्यवस्थापन निगमको बचतमा रहको सञ्चिति मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनसलगायत अन्य प्रयोजनमा छुट्याई राखिएको रकमबाट इन्डियन आयल कर्पोरेसनलाई सम्झौताअनुरूप भुक्तानी गरी देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराखेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अब निगमसँग सञ्चित बचत शून्यको अवस्थामा पुगेकोले इन्डियन आयल कर्पोरेसनलाई २३ जनवरीमा गर्नुपर्ने भुक्तानीका लागि करिब दुई अर्ब रुपैयाँ अपुग हुने स्थिति देखिएको छ।’

यसबाहेक आइओसीको दुई अर्ब रुपैयाँ तिर्न ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको निगमले जनाएको छ। त्यस्तै, पुस मसान्तसम्म निगमले १९ अर्ब २६ करोड घाटा व्यहोरेको र भारतीय बजारको नयाँ मूल्य दरअनुसार यो घाटा थप बढेर २१ अर्ब ५० करोड पुग्ने बताएको छ।