मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ३ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुरक्षा सहकार्यबारे भारत-अमेरिका गृहमन्त्रीस्तरीय बैठक हुने

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ३ सोमबार १७:०१:००

भारत र अमेरिकाबीच यही वर्ष गृहमन्त्रीस्तरीय बैठक आयोजना हुने भएको छ । चार दिनअघि भएको गृहसचिवस्तरीय ‘होमल्यान्ड सुरक्षा संवाद’ नाम दिइएको बैठकका क्रममा साइबर सुरक्षालगायत आन्तरिक सुरक्षा सहकार्यका सन्दर्भमा मन्त्रीस्तरीय बैठक राख्ने सहमति भएको हो । गृहसचिवस्तरीय वार्तामा साइबर सुरक्षा, आतंकवाद विरोधी सहयोगलगायतको समीक्षा भएको छ । 

‘भर्चुअल माध्यमबाट भएको बैठकमा दुई देशका अधिकारीहरूले सुरक्षा सहयोगलाई अगाडि बढाउन अवसरहरू र तालमेलहरू खोज्नका लागि थप कदमहरू पनि पहिचान गरेका छन्, यही वर्ष गृहमन्त्रीस्तरीय वार्ताका लागि दुवै पक्ष प्रतीक्षारत छ’ वार्तापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । गृहसचिवस्तरीय बैठकमा महत्वपूर्ण पूर्वाधार र विश्वव्यापी आपूर्ति शृंखलालाई कसरी सुरक्षित गर्ने, सामुद्रिक सुरक्षा, हवाई सुरक्षा, भन्सार प्रवर्तन र व्यापार सुरक्षालगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बैठकमा भारतबाट केन्द्रीय गृहसचिव अजय भल्ला र होमल्यान्ड सुरक्षा विभागमा रणनीति, नीति र योजनाका लागि अमेरिकी उपसचिव रोबर्ट सिल्भर्सले नेतृत्व गरेका थिए । 

 दुवै पक्षले जारी सहयोगको समीक्षा गरेको र आतंकवाद विरोधी, साइबर सुरक्षा, महत्वपूर्ण पूर्वाधार र विश्वव्यापी आपूर्ति शृंखलाहरू सुरक्षित गर्ने, सामुद्रिक सुरक्षा, उड्डयन सुरक्षा, भन्सार प्रवर्तन र व्यापार सुरक्षालगायतका क्षेत्रमा सहयोगलाई अगाडि बढाउन अवसरहरू र तालमेलहरू खोज्न सकिने थप कदमहरू पहिचानको विज्ञप्तिमा उल्लेख छ । 

दुवै पक्ष कानुन प्रवर्तन संलग्नता, उड्डयन सुरक्षा, अनुसन्धान सहयोग र क्षमता अभिवृद्धि र तालिमसम्बन्धी गृहभूमि सुरक्षा संवादअन्तर्गत विद्यमान उपसमूहहरूको बैठक आगामी महिनाहरूमा राख्ने तथा सहकार्य थप सुदृढ बनाउन थप प्रयास जारी राख्न सहमत भएका छन् ।  भारत अमेरिका जारी साझेदारीप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्दै र आपसी सरोकारका सबै क्षेत्रमा द्विपक्षीय संलग्नता र सहयोगलाई अझ गहिरो बनाउने सहमतिका साथ बैठक सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।