१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार १८:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वविद्यालय र कलेज पनि माघ १५ सम्म बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार १८:२८:००

सरकारले विश्वविद्यालय र कलेज पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। नयाँ कोभिड आदेश जारी गर्दै सरकारले विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ १५ गतेसम्म भौतिक रूपमा नगर्न भनेको हो। 
विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ। धार्मिकस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ।