१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २ आइतबार १२:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाबाट नागरिकलाई जाेगाउन सरकारले सक्दो प्रयास गरिरहेको छ  ः गृहमन्त्री खाण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २ आइतबार १२:०७:००

गृहमन्त्री बालकृष्ण खाणले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् । 

२४औँ भूकम्प सुरक्षा दिवस, २०७८ को अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकार लागिरहेको बताएका हुन् । उनले नागरिकलाई कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरूले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताए । 

मन्त्री खाणले भने, ‘हामी सबै विषम परिस्थितिमा छौँ । कोरोनाको तेस्रो लहरको कारण नेपाली जनता अहिले आक्रान्त भएका छन् । सरकारसहित सबै निकायले आमनेपालीको जीवनरक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौँ ।’

भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानीलाई कम गर्न सकिने उनको भनाइ थियो ।