१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार ०७:२४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संकटामाथि थ्री स्टारको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार ०७:२४:००

थ्री स्टारले सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकेको छ । दशरथ रंगशालामा थ्री स्टारले लिगको नवौँ चरणमा संकटामाथि १–० को कठिन जित निकाल्यो । थ्री स्टारको जितमा एक मात्र निर्णायक गोल विजय भुजेलले खेलकै अन्तिम इन्जुरी समयमा गरेका थिए । संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गर्दै बचाएको बलमा विजयले निर्णायक टचमै गोल गरेका थिए । 

जितसँगै थ्री स्टारले ९ खेलबाट १६ अंक जोडेको छ । लिगमा पहिलो हारको सामना गरेको संकटा १४ अंकका साथ पाँचौँ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्रको १९ अंक छ । थ्री स्टार चोटका कारण आफ्ना मुख्य पाँच खेलाडीविनै मैदानमा उत्रिएको थियो । 

यसैगरी, अर्को खेलमा साबिक उपविजेता त्रिभुवन आर्मीले फ्रेन्ड्समाथि ३–१ को जित निकाल्यो । जितसँगै आर्मीले ९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । फ्रेन्ड्स तीन अंक जोडेर पुछारमा छ । आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक–एक गोल गरे । फ्रेन्ड्सका लागि जमल एन्थोनीले एक गोल फर्काएका थिए ।

खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले डिबक्सभन्दा बायाँतर्फबाट कठिन कोणबाट उत्कृष्ट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । खेलको ४५औँ मिनेटमा दिनेशले आर्मीलाई २–० को अग्रता दिलाए । जर्ज प्रिन्सको हेडिङ पासमा डिबक्सभित्र अनमार्क रहेका दिनेशले गोल गरेका हुन् ।

मध्यान्तरपछि आर्मीको डिफेन्सका खेलाडीको गल्तीमा एन्थोनीले फ्रेन्ड्सलाई २–१ को अन्तरमा ल्याएका थिए । खेलको ७१औँ मिनेटमा सुमनले आर्मीलाई ३–१ को अग्रता दिलाए ।