मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुधा देवकोटा
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकामा मानव तस्करी गर्ने ‘मोडल’ जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०८:३६:००

अमेरिका लैजाने भन्दै विभिन्न देश पुर्‍याएर अलपत्र बनाउने सुधा देवकोटालाई प्रहरीले मानव बेचबिखनको आरोपमा पक्राउ गरेको छ । कुनै समय मोडलसमेत रहेकी देवकोटाले दुई युवकलाई अमेरिका पठाउने भन्दै विदेश लगेर बन्धक बनाएकी थिइन् । श्रीमान् मुक्तिनारायण केसीसँग मिलेर उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेको प्रहरीले जनाएको छ । देवकोटाले केही वर्षअघि म्युजिक भिडियोमा अभिनय गरेको र हाल आफ्नै नाममा युट्युब च्यानल चलाउँदै आएकी थिइन् । 

एक पीडितलाई उनले २५ जनवरी ०१९ मा इन्डोनेसियाको जाकार्ता हुँदै बोलिभियामार्फत अमेरिका लैजाने आश्वासन दिई इन्डोनेसिया लगेकी थिइन् । तर, एयरपोर्टमा सेटिङ नमिलेको भन्दै नेपाल फर्काई इथियोपियाबाट मेक्सिको हुँदै अमेरिका लैजाने बताएका थिए । इथियोपियामा तीन महिनासम्म बन्धक बनाइएको थियो । पछि उनी आफन्तको सहयोगमा नेपाल फर्किएका थिए ।

ती पीडितसँग ११ लाख १० हजार रुपैयाँ लिएका थिए ।  त्यस्तै, अर्का पीडितलाई दिल्ली हुँदै लैजाने भनेर त्यहाँ पुर्‍याई दुई महिनासम्म राखिएको थियो । पछि नेपाल फर्काई १९ फ्रेब्रुअरी ०१९ मा इन्डोनेसिया पुर्‍याइएको थियो । त्यहाँ सात महिनासम्म बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको थियो । भिसा अवधि सकिएपछि उनी त्यहाँ १४ दिन जेलसमेत बसेका थिए । जेलबाट छुटेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल निष्कासन गरेको थियो ।