मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका स्याङ्जा
२०७८ पौष २९ बिहीबार १९:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता बनाइदिने भन्दै वडाध्यक्ष र सदस्यले लिए घुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
२०७८ पौष २९ बिहीबार १९:५९:००

नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानुनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो। नागरिकताको सिफारिसका लागि स्थानीय निकायले सामान्य शुल्क तोकेको हुन्छ ।

स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडासदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएको फेला परेको छ। स्याङ्जाको भिरकोट नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बदनियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।