मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २७ मंगलबार २०:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायणको योगदान अविस्मरणीय छ : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २७ मंगलबार २०:५१:००

पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका अनेकौँ स­साना राज्यहरूलाई एकीकरण गर्दै नेपाल राज्यको राजनीतिक, भौगोलिक र भावनात्मक एकीकरण गर्ने काममा ठूलो योगदान गरेको तथ्य इतिहासमा अविस्मरणीय रहेको बताएका छन्। यसरी एकीकृत भएको राज्य नेपाल आज बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रूपमा विकसित भइरहेको उनले  बताए ।

पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै खनालले देशभक्तिको भावनाले ओतप्रोत पूर्वजको गौरवपूर्ण संघर्ष र योगदान तथा उनीहरूका वीरतापूर्ण प्रयत्नका कारण नेपाल आजसम्म सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको बताए । 
 
खनालले ०६२­/६३ को सम्पन्न जनक्रान्ति र क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरिसकेको बताउँदै अब देशलाई नेपाली विशेषताले उक्त समाजवादको ऐतिहासिक भविष्यतिर अघि बढाउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको बताए ।

 एउटा सबल, एकताबद्ध, स्वतन्त्र, सावभौमसत्ता सम्पन्न, लोकतान्त्रिक र समाजवादी नेपाल निर्माण गरेर मात्र पृथ्वीनारायण शाह, हाम्रा वीर पूर्खाहरू, महान सहिदहरू र आमनेपाली जनताको इच्छा र आकांक्षाअनुरूपको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सकिनेमा उनको जोड छ । राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सबैले राष्ट्रिय एकतालाई सुदृढ पार्न  र देशलाई समाजवाद स्थापनाको दिशातिर छिटाे अघि बढाउनुपर्नेमा जोड दिए ।