मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
  डिसीएमसीको बैठकमा सहभागीहरु । तस्बिर : नयाँ पत्रिका
कमल खत्री म्याग्दी
२०७८ पौष २७ मंगलबार १९:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ पौष २७ मंगलबार १९:४४:००

कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरू बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलबार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । 

मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्थाहरू बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाहरूको सल्लाहबमोजिम जिल्लामा कोभिडको संक्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालयहरू बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए । 

डिसिएमसीका संयोजकसमेत रहेका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोही कार्यविधिबमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिए । बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ । जिल्लाव्यापी रूपमा कोरोना संक्रमणबाट बच्च र बचाउन तपाईंको मास्क खोइ ? अभियान चलाउने, सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने, सामाजिक र भौतिक दूरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेलाहरू नगर्ने र गर्न रोक लगाउने निर्णयसमेत गरिएको छ । 

स्मार्ट लकडाउन २०७८ मा भएको सूचकअनुसार जोखिम मूल्यांकन र लकडाउनको तह विश्लेषण गरी स्थानीय तहहरूले कार्यान्वयन गर्ने र डिसिएमसीलाई नियमित रूपमा जानकारी गराउनेसमेत निर्णय भएको छ । म्याग्दीमा मंगलबारसम्म ११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।