१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २७ मंगलबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि कर्जा मेला तथा कृषि लगानीसम्बन्धी संवाद कार्यक्रममा नबिलको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २७ मंगलबार ०६:३४:००

नबिल बैंकले चितवनमा आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा आयोजक आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सहकार्य गर्ने भएको छ । बैंकले सहकार्यका लागि आयोजकसँग सम्झौता गरेको हो । 

५ देखि ८ माघमा चितवन एक्स्पो सेन्टरमा आयोजना हुने पा“चौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीमै एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को आयोजना हुने भएको हो । मेलामा किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरू र नीति–निर्मातालगायतका कृषिसम्बन्धी सम्पूर्ण सरोकारवालालाई एउटै थलोमा ल्याउने उद्देश्य रहेको जनाइएको छ । 

संवाद कार्यक्रममा कृषि लगानीसम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति–निर्माता, किसान र स्थानीय सरकारहरूबीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने बैंकले जनाएको छ । कृषि लगानीसम्बन्धी राष्ट्रिय संवादको प्रस्तुति गर्न पाउँदा नबिल बैंक गौरवान्वित भएको साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख नीरजकुमार बस्नेत (डनिल)ले बताए ।

संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति–नियमबीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुने उनको भनाइ छ । 

सहकार्यका लागि नबिल बैंकका नीरजकुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभ सोलुसन्स्की अध्यक्ष सुनीता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हाल बैंकले देशभरमा एक सय ३५ शाखा, एक सय ८८ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।