मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष २५ आइतबार ०८:०२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भेट्रान्स फुटबलको  उपाधि चितवनलाई

Read Time : < 1 मिनेट
२०७८ पौष २५ आइतबार ०८:०२:००

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालित राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको छ । शनिबार सम्पन्न फाइनलमा चितवन भेट्रान्सले हेटौँडाको कालभैरव भेट्रान्सलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै उपाधि हात पारेको हो ।

उपाधि विजेता चितवनका तर्फबाट कप्तान वीरेन्द्र पाण्डेले २ तथा सुरज गुरुङले १ गोल गरेका थिए । चितवनका पाण्डेले प्रतियोगिताको २२औँ मिनेट र थप गरिएको अतिरिक्त चार मिनेटमा गोल गरेका थिए भने गुरुङले प्रतियोगिताको ११औँ मिनेटमा १ गोल गरेका थिए । कालभैरव हेटौँडाका तर्फबाट डेविन श्रेष्ठले थप गरिएको अतिरिक्त तेस्रो मिनेटमा एक गोल गरेका थिए । 

चितवन भेट्रान्सले उपाधिसँगै एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको कालभैरव भेट्रान्स क्लब हेटौँडाले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको छ । खेलमा चितवन भेट्रान्सका सुरज गुरुङ म्यान अफ दी म्याच बने । –रासस