मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २४ शनिबार १५:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले रसुवा अध्यक्षमा तामाङ र घिमिरेको दाबी 

Read Time : < 1 मिनेट
२०७८ पौष २४ शनिबार १५:१५:००

नेकपा एमाले रसुवाको बन्दसत्र सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको हो । 
नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङका अनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटी गठन गरिएको छ ।

माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटीले आवश्यक प्रक्रिया सुरु गरेको जनाएको छ । 

नेकपा एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्य समिति चयन हुने बताइएको छ । अध्यक्षका लागि कन्र्याल तामाङ र अशोक घिमिरे दाबेदार रहेका छन् । जिल्लाभरिबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँँ नेतृत्व चयनका लागि सहभागी छन् ।