माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको निजी सचिवालयले जनाएको छ।
प्रचण्ड अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण
यसैगरी, माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएकाले आइसोलेसनमा बसेको बताएका छन् ।