१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दीपक अधिकारी काठमाडाैं
श्रवण थापा सर्लाही
२०७८ पौष २४ शनिबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आरोपितको नाम हटाउन पीडितलाई प्रहरी प्रमुखको दबाब

ठेकेदारको यातनाले भारतको चिस्यान केन्द्रमा तीनजनाको मृत्यु प्रकरण :

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
श्रवण थापा, सर्लाही
२०७८ पौष २४ शनिबार ०६:०१:००

ठेकेदारले अखाद्य पदार्थ खुवाएर २२ घन्टासम्म काममा लगाउँदा भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा ज्यान गुमाएका युवाका परिवारलाई आरोपीको नाम हटाएर मात्रै जाहेरी ल्याउन सर्लाही प्रहरी प्रमुखले दबाब दिएका छन् । महिनौँ धाउँदा पनि जाहेरी दर्ता गर्न नमानेका एसपी कृष्णप्रसाद प्रसाईंले शुक्रबार पुनः जिल्ला प्रहरी कार्यालय पुगेका पीडितलाई दुई आरोपी सुनील राउत र इन्दल राउतको नाम हटाउन दबाब दिएका हुन् ।

मृतक जगदीश माझीका बुबा महिन्द्र भन्छन्–जो दोषी छ, उसैको नाम हटाएर मुद्दा दर्ता गर्दा कसरी न्याय मिल्छ ?

शुक्रबार हामी जिल्ला प्रहरी कार्यालय पुगेका थियौँ । प्रहरीका हाकिमले सुनील राउत र इन्दल राउतको नाम हटाएर ल्याए मात्रै जाहेरी दर्ता हुन्छ, नभए जहाँ जानुपर्छ गए हुन्छ भनेर धपाए । जो दोषी छ, उसैको नाम हटाएर मुद्दा दर्ता गर्दा कसरी न्याय मिल्छ?

स्थानीय ठेकेदार इन्द्रजित राउत नेतृत्वको समूहले चिस्यान केन्द्र पुर्‍याएका सर्लाही नन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका नन्दलाल माझी र जगदीश माझी तथा छिमेकी गाउँ ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका सुमन भुजेलको गत ८ कात्तिकमा मृत्यु भएको थियो । विपन्न युवालाई ऋणमा फसाएर भारत लैजान इन्द्रजितलाई उनका छोरा सुनील, भाइ इन्दल र दाइ पर्ने रामसुरोजले समेत सघाएका थिए । पीडित परिवारले उनीहरूलाई समेत आरोपी किटान गरेका छन् । तर, एसपी प्रसाईँले  सुनील र इन्दलको नाम काटेर मात्रै जाहेरी ल्याउन दबाब दिएको पीडित महिन्द्र माझीले बताए । महिन्द्र मृतक जगदीशका बुबा हुन् ।

‘शुक्रबार बिहान १० बजेपछि हामी जिल्ला प्रहरी कार्यालय पुगेका थियौँ । प्रहरीका हाकिमले सुनील र इन्दलको नाम हटाएर ल्याए मात्रै जाहेरी दर्ता हुन्छ, नभए जहाँ जानुपर्छ गए हुन्छ भनेर धपाए,’ उनले भने, ‘जो दोषी छ, उसैको नाम हटाएर पनि मुद्दा दर्ता गरेर न्याय मिल्छ ?’

आरोपीको नाम नै हटाउन दबाब दिएर प्रहरीले सबैलाई चोख्याउन खोजेको पीडितहरूले बताएका छन् । उनीहरूका अनुसार तीन युवाको मृत्यु भएको समयमा सुनील र इन्दल भारतमै थिए । रामसुरोज नेपालमा थिए । घटनाअघिसम्म भारतमै रहेका इन्द्रजित पनि मृतकहरूको शव घर ल्याउनुअघि नै नेपाल आइपुगेका थिए । ९ र १० कात्तिकमा तीन शव र सात बिरामी ल्याइएका थिए । घटना हुँदा भारतमा रहेकालाई आरोपी किटान नगरेपछि नेपालमा रहेकालाई चोख्याउन सकिने रणनीतिअनुसार एसपी प्रसाईंले आफूहरूलाई दबाब दिएको पीडितको गुनासो छ । ‘घटनाका पीडकलाई जोगाउने र मुद्दा कमजोर बनाउने दाउ देखियो,’ महिन्द्रले भने । 

मृतकका परिवारसँगै बिरामी हालतमा फर्काइएका र अझै भारतमै बन्धक पारिएका २२ युवाका परिवार पनि जाहेरी दिन गएका थिए । बिरामी अवस्थामा फर्काइएका मञ्जय माझीका काका तथा अझै बन्धक रहेका फेकु माझीका दाइ पर्ने मोहिचन माझीले प्रहरी हाकिमबाट हप्की खाएर फर्किएको गुनासो गरे । 

‘मेरो भतिजा मञ्जय भाग्यले बाँचेर बिरामी हालतमा आयो । भाइ फेकुलाई अझै ठेकेदारले भारतमै बन्धक बनाएर राखेको छ । कुनै सम्पर्क छैन,’ उनले भने, ‘उनीहरूको न्यायका लागि जाहेरी लिएर जाँदा प्रहरीले दुई पीडकको नाम हटाउनु भन्यो । सुनील र इन्दलको नाम हटाएर आए मात्र मुद्दा दर्ता गर्छु, होइन भने दर्ता हुँदैन, जहाँ जानुहुन्छ जानुस् भनेर पठाए । हामी निराश भएर फर्कियौँ ।’

यसअघि पटकपटक जाहेरी लिएर जाँदा एसपी प्रसाईंले आफू सर्लाहीमा रहुन्जेल मुद्दा दर्ता नगर्ने भन्दै पीडितलाई धम्क्याउने गरेका थिए । उनले भारतमा घटना भएकाले ठेकेदारविरुद्ध मुद्दा नै दर्ता नहुने र अनुसन्धान पनि गर्न नसक्ने जवाफ नयाँ पत्रिकालाई दिँदै आएका छन् । आरोपीको नाम हटाएर जाहेरी दिन दिएको दबाबबारे बुझ्न खोज्दा शुक्रबार भने उनले फोन उठाएनन् ।