मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ पौष २२ बिहीबार १३:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले भाग लिने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ पौष २२ बिहीबार १३:४३:००

भारतको गुजरात राज्यमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएको छ। २६ राष्ट्रहरूले भाग लिने उक्त समिट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले जनवरी १० मा उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । कोभिड– १९ संक्रमण बढेपछि गुजरात सरकारले समिट स्थगित गर्ने निर्णय गरेको समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त समिटमा प्रधानमन्त्री शेरबहादुर देउवासहित रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाउथ, मोजाम्बिकका राष्ट्रपति फिलिप ज्याकिन्टो न्याउसी र स्लोभाकियाका प्रधानमन्त्री जानेज जान्सा सहभागी हुने तय भएको थियो। सन् २००३ मा नरेन्द्र मोदी गुजरातका मुख्य मन्त्री हुँदा उक्त समिटको अवधारणा ल्याइएको थियो ।