१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी प्योङयाङ
२०७८ पौष २२ बिहीबार १२:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको उत्तर कोरियाको दाबी

Read Time : < 1 मिनेट
एजेन्सी प्योङयाङ
२०७८ पौष २२ बिहीबार १२:२९:००

उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। यो मिसाइलले सात सय किलोमिटर टाढासम्म तोकिएको निश्चित स्थानमा प्रहार गर्न सक्ने यहाँको सरकारी समाचार एजेन्सी केसिएनएले बिहीबार जानकारी दिएको हो।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने प्रतिबद्धता गरेको केही समयमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको हो। नयाँ वर्षको सम्बोधनका क्रममा किमले कोरियन प्रायद्वीपमा सैन्य गतिविधि बढेको उल्लेख गर्दै प्रतिरक्षा क्षमता बलियो बनाउन जारी राख्ने बताएका थिए।

हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको यो दोस्रोपटक हो। यसलाई राडरले पहिचान गर्न निकै कठिन हुने बताइएको छ। यसअघि चीनले गत अगस्टमा गुपचुप रूपमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताइएको थियो।