मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुना कुँवर काठमाडाैं
२०७८ पौष २२ बिहीबार ०९:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टिचिङ अस्पतालका अप्टोमेट्रिस्टको ठगीधन्दा

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७८ पौष २२ बिहीबार ०९:०५:००

त्रिवि शिक्षण अस्पतालअन्तर्गत बिपी कोइराला लायन्स सेन्टरमा कार्यरत सञ्जीव भट्टराईले आफूलाई डाक्टर भन्दै बिरामीलाई ठग्ने गरेका छन् । लायन्स सेन्टरमा उनी अप्टोमेट्रिस्ट हुन् । तर, उनले आफू विशेषज्ञ डाक्टर भएको भन्दै दर्जनौँ मानिसलाई झुक्याउँदै पैसा असुल्ने गरेका छन् । 

उनले त्रिवि डाक्टर सञ्जीव भट्टराईको नाममा फेसबुक आइडी बनाएका छन् । जसमा आफू त्रिविको असिस्टेन्ट प्रोफेसर भएको उल्लेख गरेका छन् । आँखामा समस्या भएमा सम्पर्क गर्नुहोला भन्दै उनले धेरैलाई म्यासेन्जरमा म्यासेज गर्ने गरेको पाइएको छ । म्यासेजमा आफ्नो मोबाइल नम्बर दिँदै म्यासेज गर्न वा आफ्नो नम्बर पठाउनसमेत आग्रह गर्ने गरेका छन् । सम्पर्कमा आएकालाई भेट्न बोलाउने र विभिन्न निजी आँखा क्लिनिकमा लगेर चेकजाँच गर्ने गरेका छन् । कसैलाई भने अस्पतालमै चेकजाँच गर्ने गरेका छन् । अस्पताल बोलाइएका बिरामीसँग पैसा असुल्ने गरेको भेटिएको छ । भट्टराई शिक्षण अस्पतालका स्थायी कर्मचारी हुन् । ड्युटी समयमा बाहिरी क्लिनिकमा काम गर्ने उनले आफ्नो सम्पर्कमा आएका बिरामीलाई क्लिनिकमा लगेर आफैँले परीक्षण गर्ने गरेका छन् । त्रिवि शिक्षण अस्पतालअन्तर्गत बिपी कोइराला लायन्स सेन्टरको नामबाट आँखा अस्पताल सञ्चालनमा छ । 

अस्पतालमा आँखा विशेषज्ञ १० र १२ जना अप्टोमेट्रिस्ट छन् । भट्टराईले भने आफू प्रोफेसर भएको दाबी गर्दै आएका छन् । तर, त्रिविमा सो पद नभएको मेडिकल कलेजको अप्टोमेट्रिस्ट संकायका लेक्चरर सन्दीप मिश्रले बताए । उनका अनुसार त्रिविमा सुरुवाती पद लेक्चरर हुन्छ । जसलाई नेपालीमा सहप्राध्यापक भनिन्छ । त्यसलाई अंग्रेजीमा असिस्टेन्ट प्रोफेसर लेखिएको हुन सक्ने उनले बताए । त्यसैले भट्टराईले आफूलाई कन्सल्टेन्ट अप्टोमेट्रिस्ट बताउँदै आएका छन् । मेडिकल काउन्सिलले भने त्यस्तो पद नै नहुने बताएको छ । 

गत २२ माघमा पत्रकार अञ्जना सुवेदीको फेसबुक म्यासेन्जरमा डाक्टर सञ्जीव भट्टराई नामको आइडीबाट म्यासेज आयो । जसमा ‘म टिचिङ अस्पतालको आँखा र भिजनको डाक्टर हुँ । कृपया रिप्लाई गर्नुहोला’ भन्ने लेखिएको थियो । उनले एक महिनापछि फागुनमा म्यासेज गरी ‘हजुरसँग केही कुरा गर्नु छ कल गर्नुहोस् वा मेरो नम्बरमा कल गर्नुहोस्’ भन्दै आफ्नो नम्बर ९८४१५०९३२३ दिएको सुवेदी बताउँछिन् । 

पत्रकार मल्लिका घिमिरे, बिना न्यौपानेलगायतलाई पनि भट्टराईले फेसबुकमा म्यासेजका साथै फोन गरेका थिए । सबैलाई उनले आँखाको समस्या छ, मकहाँ जँचाउन आउनुस् भन्दै नम्बर दिएका थिए । ‘तपाईंको आँखामा समस्या छ भने आउन भने । उनले निःशुल्क परीक्षण हुन्छ भनेको मल्लिकाले बताइन् । ‘हजुर कम्प्युटर हेर्ने मान्छे समस्या हुन सक्छ । आउनुहोस् भने,’ मल्लिकाले भनिन् । 

डाक्टर पदको दुरुपयोग 
सञ्जीव भट्टराईले डाक्टर पदको दुरुपयोग गरेको पाइएको छ । उनी त्रिविमा अप्टोमेट्रिस्ट पदका लागि नियुक्त भएका थिए । उनको जिम्मेवारी आँखा भिजन परीक्षण गर्ने हो । तर, उनले आफूलाई डाक्टर भनी परिचित गराउँदै आएका छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले भट्टराईले डाक्टर पदको दुरुपयोग गरेको बताए । भट्टराईलाई काउन्सिलले डाक्टरको लाइसेन्स दिएको छैन । 

बिपी कोइराला लायन्स सेन्टरका महाप्रबन्धक सगुननारायण जोशी पनि भट्टराईले डाक्टर पद लेख्न नमिल्ने बताए । ‘डाक्टरको अधीनमा रहेर उनले काम गर्ने हो,’ उनले भने ।